काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको कानुन राज्यको प्रत्याभुती दिन नसकेको आरोप लगाएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एसिड पीडित मुस्कान खातुनमाथि एसिड प्रहार गर्नेलाई सरकारले विभिन्न उत्सवको अवसरमा दोषीलाई उन्मुक्ति दिएको आरोप लगाए ।
‘सरकारले मुस्कान खातुनको हत्यारालाई उन्मुक्ति दियो ।’ उनले भने, ‘मुस्कान अहिले पनि न्याय नपाएको भनेर रोएर हिँडेकी छिन् ।’
त्यसैगरी गृहमन्त्री नारायणकाजी श्रेष्ठले हिजो हेटौँडा पुगेर सुशासनको अभियान सञ्चालन गरिरहेको भन्ने विषयमा तथ्य नभएको समेत दाबी गरे । अहिले चारैतिर कुशासन भएिका बेला गृहमन् त्रीले त्यसरी छोड्न नहुने जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया