नेपालगञ्जमा सद्भाव भड्किन नदिन सरकारलाई सांसद राणाको अपिल

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद धवलशमशेर राणाले नेपालगञ्जमा सद्भाव कायम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सद्भावको शहरमा अशान्ति नफैलाउन नेपालगञ्जबासीहरुलाई अनुरोध गरेका छन् ।

उनले सरकारसमक्ष हिंसाका घटनालाई नियन्त्रणमा लिन र साइबर क्राइमलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन मागसमेत गरेका छन् ।

आकस्मिक समयमा बोल्दै सांसद राणाले देशभर हिंसा भड्किनुको मुख्य कारण मोबाइल नेटवर्क भएकाले त्यसलाई तत्काल बन्द गर्न आग्रहसमेत गरेका छन् ।

‘सरकारलाई अनुरोध छ– हिंसाको घटनाहरु तुरुन्तै कन्ट्रोलमा ल्याउनुपर्यो । यो सबैको जड मोबाइल हो । साइबर क्राइमलाई तुरुन्तै कारबाहीको दायरामा ल्याउनुप¥यो उनले भने, ‘चाहे मधेसमा होस् वा कोशीमा होस् वा नेपालगञ्जमा भएका हिंसाका घटना होस् । हिंसालाई तत्काल नियन्त्रण गर्न सकारको ध्यानाकर्षण गराउँछु ।’

स्थानीय प्रशासनले सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएको भन्दै बाँकेको नेपालगञ्जमा कर्फ्यू लगाएको छ ।

मोहम्मद डेको दिन एक स्थानीयले सामाजिक सञ्जालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि नेपालगञ्ज अशान्त बन्दै आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?