काठमाडौं । बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो ।
हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा प्रशासनले कर्फ्यु लगाएको हो ।
हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएले झडप हुन सक्ने र सदभाव विग्रिने संकेत देखिएपछि कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ। सम्भावित तनावलाई मध्यनजर गर्दै नेपालगञ्जमा आज बिहान सदभाव र्यालीसमेत निकालिएको थियो ।
नेपालगञ्जलमा मोहम्मद डेको दिन एक स्थानीयले सामाजिक सञ्जालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि नेपालगञ्ज अशान्त बन्दै आएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न भनेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया