काठमाडौं । इन्द्रजात्रा हेर्न गएका एक युवकको हत्या भएको छ ।
गएराति जात्रा हेर्न गएका ओखलढुंगाको लिखु-४ का १७ वर्षीय शनी कार्कीको धारिलो हतियार प्रहारबाट हत्या भएको हो ।
उनको छातीमा धारिलो हतियार प्रहार भएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमुद ढुंगेलले जानकारी दिए । कार्कीमाथि आक्रमणको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको भन्दै प्रहरीले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ भने उनीहरुमाथि अनुसन्धान जारी रहेको एसपी ढुंगेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया