चितुवाको आक्रमणबाट ४ जना घाइते

लोकपथ
49
Shares

दाङ । चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् । सल्यानको छत्रेश्वरी गाउँपालिकाका चार जना चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।

घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका-३ दोलीका ४० बर्षीया राजबहादुर केसी, ४० बर्षीया टेकबहादुर थापा, १६ बर्षीया छविलाल केसी र २७ बर्षीया भीमसेन थापा रहेका छन् ।

छत्रेश्वरी गाउँपालिका-३ दोलीका ५२ बर्षीया पूर्णराज बिकले संचालन गरेको कुखुरा फार्मभित्र लुकेर बसेको चितुवाले सोमबार बिहान उनीहरुलाई आक्रमण गरेको हो ।

चितुवाले ३ वटा कुखुरा मारेको र त्यही हेर्न जानेक्रममा लुकेर बसेको बाघले मान्छेमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

घाइतेहरुलाई सल्यान अस्पतालपछि थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल ल्याइएको छ भने चितुवालाई नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्जको टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?