काठमाडौं । शुक्रबार राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरि सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतबीच राजनितिक सहमतिको घोषणा भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका तर्फबाट संयोजक राउतले ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गरे ।
सहमतिको पहिलो बुँदामा उनले मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने, घाइतेको उपचार सरकारले गर्ने, मृतक एकजनाको परिवारलाई सरकारले उचित क्षतिपूर्ति र रोजगारी दिने लगायत उल्लेख गरिएको छ ।
त्यस्तै स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्ताले यसअघि प्रचार प्रसारका क्रममा बाँडेका किताब, प्रचार र झण्डालाई भविष्यमा कारबाहीको विषय नबनाउने र आगामी दिनमा यस्ता प्रचार सामग्री वितरण नगर्ने पनि सहमति भएको छ ।
उनले आफू र आफ्नो पार्टी सधै शान्तिपूर्ण आन्दोलनमा रहेको र सुरक्षित एकिकरणको लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै भने, “यसअघिका प्रधानमन्त्री, शेरबहादुर देउवा, सुशील कोइराला, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई पनि धन्यवादका पात्र हुनुहुन्छ ।”
‘हामी बुद्धका सन्तान हौ । अहिंशा हाम्रो रौँ–रौँमा बसेको छ,’ उनले भने ।
राउतले जनमत संग्रहको मागलाई राज्यले स्वीकार गरेको पनि स्पष्ट पारे । ‘मधेसको माग जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत पुरा गर्ने’ सहमतिको दोस्रो बुँदालाई उनले जनमत संग्रहको रुपमा ब्याख्या गरे ।
उनले भने, ‘अब यस्तो व्यवस्था ल्याउनुछ, जनताले आफ्नो अधिकार प्रयोग गरुन्, हासिल गरुन् ।’
जेल महाविद्यालय भएको राउतको तर्क थियो । सम्बोधनका क्रममा उनले आफ्नो भोगाइहरुपनि सुनाए ।
यो पटकको जेल बसाइले आफूलाई ठूलो पाठ सकाएको उनले भने । जेल भित्रका समस्याहरुलाई औलाउँदै जेललाई सुधार गर्नुपर्ने बताए ।
“जेलको नुन खाएको भएर मैले यहाँ अलिकति भने”, उनले थपे ।
सुखद गन्तव्यको यात्रा प्ररम्भ भएकाले सबैलाई यो सहमतिलाई सकरात्मक रुपमा लिएर अगाडी बढ्न उनले आग्रह गरे । आफू सकरात्मक सहकार्यको पक्षमा रहेको राउतले प्रष्ट पारे ।
कार्यक्रमलाई विशेष सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सीके राउतमा असाधारण निर्णयको क्षमता भएको भन्दै प्रशंसा गरे ।
पुष्पकमल दाहाल प्रचण्डमा असाधारण निर्णयको क्षमता रहेको भन्दै सरकारसँग ११ बुँदे सहमति गरेर राउतले असाधारण निर्णयको क्षमता देखाएको ओलीले बताए ।
प्रचण्डले हतियारको राजनीतिबाट चुनावमा सहभागी भएर संविधान बनाउने कामको एक ढंगले अगुवाइ गरी त्यसपछि एमाले र माओवादीबीच एकता गर्नु ठूलो निर्णय क्षमता भएको ओली भनाई थियो ।
सीके राउत पढेलेखेको विद्वान र वैज्ञानिक रहेको भन्दै ओलीले कता कता बाटो बिराउँदा बिराउँदै बिग्रने हो कि भन्ने डर आफूलाई रहेको भन्दै उनले जोडे, ‘तर खुशी लाग्यो । टेक्नोक्र्याट मात्र होइन थिंकर पनि हो सीके राउत ।’
यसैवीच प्रधानमन्त्री ओलीले नेकपा भन्न बेइजत भएको बताए ।
‘नेकपा भन्न लाज हुन्छ, हुँदा पनि होइन नेकपा । विप्लव समूह भन्ने छ एउटा । कमसेकम लुट्नकै लागि नेकपा भन्ने बर्को त फ्याँक’ उनले भने, ‘आफूले पनि नेकपै भन्नु परेकोछ छ । त्यस्ताले पनि नेकपा भन्छन् । बेइजत भइसक्यो नेकपा भन्दा पनि ।’
प्रधानमन्त्री केपी शर्मा ओली ओलीले नेकपा विप्लव समूहलाई नाम लुटेरा समूह राख्न सुझव दिए । ओलीले भने, ‘कमसेकम कम्युनिस्ट पार्टीको नाम लिन बन्द गर । लुटेरा समूह भन्ने नाम राख । अरु पनि छन् भने लुटेरा समूह विप्लव राख, प्रकाण्ड लुटेरा समूह भनेपनि हुन्छ ।’
विप्लव समूहको पर्चा आफूले हेरेको भन्दै चन्दाका नाउँमा मान्छे लुटेको, हत्या गरेको, विस्फोट गराएकोमा अक्रोस व्यक्त गर्दै कम्युनिस्ट पार्टीको नाम नलिन भनेका हुन् ।
उनले विप्लव समूहलाई अहिले हिडिरहेको बाटो छाड्न समेत आग्रह गरे । हिंसाको बाटो नछोडे सरकारले कारवाही गर्ने चेतावनी समेत ओलिलाई दिए ।
उनले भने ‘यो देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको हो । सरकारले गर्छ म सुन्ने गरी भन्न चाहन्छु ।’
यो पनि पढ्नुहोस्ः
रेशम प्रकरणमा राजपालाई ओलीले दिए उखानबाटै जवाफ, ‘खिसियानी बिल्ली खंभा नोचे’
विप्लव माओवादीलाई लुटेरा नाम राख्न प्रधानमन्त्रीको आग्रह, नामै तोकेर रिसाए
प्रधानमन्त्रीले सीके राउतको प्रशंसा गर्दै भने, असाधारण निर्णय क्षमता
प्रधानमन्त्रीको अगाडी भाषण गर्दै यसो भने सीके राउतले
सीके राउतले भने, ‘हामीलाई राजनीतिक स्पेस प्रदान गर्नुभएकोमा केपी ओलीलाई धन्यवाद’
सरकार र सीके राउतबीच ११ बुँदे सहमति (पूर्ण पाठसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया