काठमाडौं । विप्लव समूहका कार्यकर्ताले अपहरण गरेको सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल फेला परेकी छिन् ।
उनलाई बझाङको केदारस्युँ गाउँपालिका ५ बगडीपाउटा भन्ने ठाउँमा फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रविण धितालले जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एक्कै भएको अवस्थामा फेला पारेको हो ।
डीएसपी धितालकाअनुसार सांसद मल्लालाई सदरमुकाम ल्याउने काम भइरहेको बताए । सांसद मल्लसँग फोन सम्पर्क नभएकोले अपहरणबारे विस्तृत जानकारी आइनसकेको डीएसपी धितालले जानकारी दिए ।
सांसद मल्ल शुक्रवार बिहान अपहरणमा परेकी हुन् । उनी १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा अपहरणमा परेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया