बाबुरामलाई आफ्नै मान्छेबाट यस्तो झड्का

काठमाडौँ, ९ कात्तिक – नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय परिषद्का वरिष्ठ सदस्यद्वय डा भरत लामिछाने र ठाकुरप्रसाद चापागाईँलगायतले बृहत् वाम ध्रुवीकरण अभियानमा समाहित हुने निर्णय गरेका छन नयाँ शक्तिमा रहेका सबै नेता तथा कार्यकताई बृहत् वाम एकतामा सहभागी हुन आग्रह गर्दै उनीहरुले नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका लागि परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् डा लामिछाने र चापागार्इंले ‘सनकको भरमा राजनीति नचल्ने’ भएकाले लोकतान्त्रिक गठबन्धन परित्याग गरी वाम ध्रुवीकरण अभियानमा सामेल हुन डा बाबुराम भट्टराईलगायतलाई समेत आग्रह गरेका छन् बृहत् वाम एकता अभियानबाट बाहिरिएर डा भट्टराईले इतिहासको आवश्यकतालाई सम्मान गर्न नसकेको समेत उनीहरुले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?