काठमाडौं । सहकर्मीमाथि दुर्व्यवहारमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । उनले शनिबार राजीनामा बुझाएका थिए ।
राजीनामा स्वीकृतिका लागि गृहमन्त्रालयमा पठाइएको प्रहरी केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिए । पालले सहकर्मी महिला हवल्दारलाई यौन दुर्व्यवहार गरेको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिन समिति बनाइएको थियो ।
समितिले एसएसपी पाललाई दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरेपछि उनले राजीनामा दिएको प्रहरीले स्रोतले जनाएको छ ।
उनले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा बिदा माग्न गएकी महिला हवल्दारलाई यौन दुर्व्यवहार गरेका थिए । ती महिला हवलदारले १९ जेठमा उजुरी गरेकी थिइन् ।
सो घटना बाहिर आएलगतै उनलाई गृह मन्त्रालयले निलम्बन समेत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया