निर्मला बलात्कारपछि हत्या प्रकरण : अनिता बमद्वारा वकिल र पत्रकारमाथि मुद्दा दायर

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएकी बविता भनिने अनिता बमले जिल्ला अदालत कञ्चनपुरमा आफूलाई अनावश्यक गाली बेइज्जत गरेको भन्दै मुद्दा दायर गरेकी छिन् । 

जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अस्वीतले मुद्दा दर्ता भएको जानकारी दिँदै कानून व्यवसायी एवं मानव अधिकारकर्मी इन्द्रप्रसाद अर्यालसहित तीन जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको जानकारी दिए । 

नेपाल मानव अधिकार संगठन (ह्युरोन)का अध्यक्ष अर्यालसहित पत्रकार खेम भण्डारी र भक्ति फुलारालाई विपक्षी बनाएर अनिता बमले मुद्दा दायर गरेकी हुन् । 

अर्याल अध्यक्ष रहेको संगठनले स्थलगत अध्ययनपछि भन्दै सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो चरित्रहत्या गरेको दाबी बम दिदीबहिनीको छ । 

यसैगरी स्थानीय मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीले निरन्तर चरित्रहत्या गर्ने उद्देश्यले समचार प्रेसित गरेको दाबी समेत उनको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?