हेटौंडामा सवारी दुर्घटनामा परी ९ जना घाइते

लोकपथ
56
Shares

हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ चुरिमाई मन्दिरनजिक सवारी दुर्घटना हुँदा ९ यात्रु घाइते भएका छन् ।

सोमबार बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश २-०३-००१ ज २११ नम्बरको विङ्गर र नेपालगञ्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना. ७ ख १६४३ नम्बरको बस एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनाका क्रममा दुवै सवारीका ९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी घाइते भएका यात्रुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने दुवै सवारी र चालक प्रहरी नियन्त्रणमा छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?