काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले सीके राउतको निर्णय क्षमता असाधरण रहेको पनि बताए ।
राजधानीमा शुक्रवार आयोजित राजनीतिक सहमति समारोहलाई सम्बोधन गर्दै ओलीले राउतमा असाधारण निर्णय क्षमता आफूले देखेको बताए ।
उनले त्यस्तो क्षमता आफूले पहिला नेकपा अध्यक्ष प्रचण्डमा पाएको पनि बताए । उनले हिंसाको औचित्य र सन्दर्भ सम्पूर्ण रुपमा सकिएको बताए । जनता सार्वभौससत्ता सम्पन्न भएका कारण अबको यो समय समृद्धि र विकास गर्न खर्चिनुपर्ने बताए ।
उनले भने समान अवसर, अधिकार, बराबर सुरक्षा र संविधान मौलिक हकको रुपमा ३३ धारा बनिसकेको भन्दै उनले वाक तथा प्रकाशन स्वतन्त्रता पनि भइसकेको यो परिप्रक्ष्येमा संविधानले प्रत्याभुत गरिसकेको छ । कुनै कुरा चित्त बुझेको छैन भने शान्तिपूर्ण रुपमा जनतामा लिएर जाने र सरकार तथा संसद निर्माण गर्ने अधिकार संसदको माध्यमबाट संविधान संशोधन गर्ने अधिकार सार्वभौससत्ता जनतामा भएका कारण हिंसात्मक बाटोको औचित्य सकिएको दोहो¥याए । संविधानले व्यवस्था गरेको बाटो र मूल धारको राजनीति शान्तिपूर्ण आजको आवश्यकता हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया