काठमाडौं । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतले आफूहरुलाई राजनीतिक स्पेश प्रदान गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।
राजधानीमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राउतले ०६९ जेठ ८ गते पत्रकार सम्मेलन गरेर आफूले स्वराज आन्दोलनको घोषणा गरेको स्मरण गर्दै आफूले सँधै शान्तिपूर्ण आन्दोलनमा होमिएको बताए ।
उनले आफूहरुको आन्दोलनको कदर गरेकोमा विगतमा प्रधानमन्त्री र ओली सबैलाई धन्यवाद दिए ।
कुनै बेला आफूहरुको आन्दोलन कुनै पनि बmो विस्फोट हुने डर थियो भन्दै त्यो आफूहरुले संयमता अपनाृउनदा यस्तो हुन नपाएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया