नेपाली बजारमा क्यामियो फायर १०० इयरबड्स आउँदै

लोकपथ
117
Shares

काठमाडौं । नेपाली ग्याजेट्स बजारमा नयाँ ब्राण्ड भित्रिएको छ ।

नेपालमा अन्तराष्ट्रिय ब्राण्डहरु कोर्न र रिभरसँग ब्राण्डको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी क्यामियो इन्टरनेशनल प्रालिले नयाँ ब्राण्डका गुणस्तरीय इयरबड्स भित्राउन लागेको हो ।

कम्पनीले क्यामियो ब्राण्डमा नयाँ उच्चस्तरीय एसेसरिजहरु नेपाली बजारमा ल्याउने छ । युवा प्रयोगकर्ताहरुको चाहना र बजार मागलाई ध्यानमा राखेर नयाँ ईयरबड्स लन्च गर्न लागेको वितरकले जनाएको छ । नयाँ क्यामियो फायर १०० इयरबड्समा उच्च गुणस्तरको स्टेरियो एचडी साउण्ड क्वालिटी रहेको छ भने एक पटक चार्ज गर्दा ४० घण्टासम्म बिना कुनै समस्या प्रयोग गर्न सकिनेछ । यति मात्र नभई यो क्यामियो फायर १०० इयरबड्स ३० दिनको स्ट्याण्डबाई सुविधा रहेको छ । यसले तपाईँलाई कतै बाहिर घुम्न जाँदा चार्जिङ्गको चिन्ताबाट पुरै मुक्त गर्ने दाबी गरिएको छ ।

इयरबड्सलाई पसिना र धुलोले नबिगार्ने गरी स्वीट एण्ड डस्ट रेसिस्टेन्ट फिचर रहेको छ । क्यामियो फायर १०० मा भ्वाइस असिस्टेन्ट सर्पोटका साथ नविनतम ब्लूटुथ भर्सन ५.३ रहेको छ। जसले सजिलै तपाईँको स्मार्टफोनसँग कनेक्ट गर्न सक्दछ । अहिलेका युवाको चाहनाअनुसारको आकर्षक डिजाइन रहेको क्यामियो फायर १०० इयरबड्समा रहेको लो लेटेन्सीले मोबाइल गेम खेल्दा गेमिङ्ग मोड अन गरेर सिधै कनेक्टमार्फत तपाईँलाई गेममा अग्रता हासिल गर्न सहयोग प्रदान गर्दछ । एआई–इएनसी रहेको इयरबड्सले स्वतः ९० प्रतिशत न्वाइज कन्ट्रोल गरेर चाहेअनुसारको साउण्ड प्रदान गर्दछ ।

क्यामियो फायर १०० इयरबड्समा प्रयोगकर्ताको सुबिधाको लागि इयरबड्समा ५० एमएएचको ब्याट्री पावर रहेको छ भने इयरबड्स चार्जिङ्ग बक्समा शक्तिशाली ४०० एमएएचको ब्याट्री प्याक रहेको छ । जसलाई तपाईँले केबल १ घण्टामा नै फुल चार्ज गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?