सीके राउत नेकपामा प्रवेश गर्दै ? प्रधानमन्त्रीको छेउबाटै सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले केही समयपछि एउटै मञ्चबाट सम्बोधन गर्दैछन् । कार्यक्रम राजीतिक सहमति घोषणा हुने बताइएको छ ।

स्वतन्त्र मधेशको एजेन्डासहित पृथकतावादी गतिविधि र मधेशलाई छुट्टै राज्य घोषणा गर्नुपर्ने धारणा राखेका राउत नेकपामा प्रवेश गर्ने कुरापनि चलेको थियो । तर, त्यो हल्लामात्रै भएको गठबन्धनका प्रवक्ता अब्दुल खानले जानकारी दिए । 

सीके राउतलाई गत असोज २१ गते जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडीबाट पक्राउ गरिएकोमा जिल्ला अदालत रौतहटको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका राउतलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । बिहीवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलास साधारण तारेखमा रिहा गरेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको हो । 

यसैबीच राष्ट्रियसभागृहमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने र  सीके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन् । कार्यक्रम शुक्रवार दिउँसो १ बजेका लागि तय गरिएको हो । कार्यक्रमलाई मध्यनजर गर्दै राष्ट्रियसभागृह आसपासको सरक्षा व्यवस्था कडा परिएको छ । 

स्रोतका अनुसार राउतको स्वतन्त्र मधेश गठनबन्धनसमेत आजैबाट विघटन हुने भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?