पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रधानमन्त्री असन्तुष्ट, मूल्य घटाउन निर्देशन

लोकपथ
98
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको पहिलेकै मूूल्य कायम गर्न निर्देशन दिएका छन् ।

पेट्रोलियम पदार्थसहित ग्यासको समेत मूल्य वृद्धि गर्ने आयल निगमको निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले सो निर्देशन दिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

चाडपर्व नजिकिएसँगै निगमले मूल्यवृद्धि गरेको भन्दै आलोचना भएको हो ।

त्यससँगै प्रधानमन्त्रीले आज आकस्मिक मन्त्रिपरिषद् बैठक छलफल गरी मूल्य फिर्ता लिन निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?