घट्यो सुनको मूल्य

लोकपथ
169
Shares

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आईतबार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँ कायम भएको छ भने, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा रहेको छ ।

एक सातामा मात्रै सुनको मूल्य ४२ सय रुपैयाँले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?