सुन तस्करी प्रकरण : गठन भयो जाँचबुझ आयोग

लोकपथ
392
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगको संयोजकको जिम्मेवारी पूर्व न्यायाधीश डिल्लिराज आचार्यलाई जिम्मेवारी दिइएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

उक्त आयोग ४ सदस्यीय हुनेछ ।

आयोगको अन्य सदस्यमा पूर्व सहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी तथा पूर्वएआईजी सहकुल थापा रहेका छन् ।

आज प्रधानमन्त्रीले सात दलसँगको छलफलपछि मन्त्रिपरिषद् बैठक बोलाएका थिए । मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

साउन २ गते विमानस्थल बाहिरबाट बरामद गरिएको स्कुटरको ब्रेक शु मा लुुकाएर ल्याइएको लगायत अन्य सुन प्रकरणको छानबिन उक्त आयोगले गर्नेछ । साथै आयोगलाई ३ महिनाको समय समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?