काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।
शनिबार राति नेपाल आयल निगमले ग्यास लगायत अन्य पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विषयमा छलफलका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् ।
प्रधानमन्त्रीको स्वकीय सचिव गंगा दाहालले सो विषयमा सम्बन्धित जिम्मेवार निकायलाई बोलाई छलफल गरि १२ः३० मा आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएको जानकारी दिइन् ।
पेट्रोलियम पदार्थलाई स्वचालित मूल्य प्रणालीमा लिनु पर्छ भन्ने सरोकारवाला निकायहरूको समेत सुझावको नेपाल आयल निगमले केहि महिना अघि देखी स्वचालित मूल्य प्रणाली लागू गरेको थियो। तर केही समय यता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ (एलपीजी समेत) मा मुल्यवृद्धि भएको र सोही अनुसार नेपाल आयल निगमले मुल्यवृद्धि गरेको देखिएको समेत बताइन् ।
नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनैतिक नेतृत्वसङ्ग परामर्श गरेर मात्र निर्णय गरिनु पर्नेमा त्यो नभएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण भएको समेत बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया