काठमाडौं । सरकारले साढे ५३ हजार कर्मचारी समायोजन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साढे ५३ हजार कर्मचारी समायोजन गरिसकेको जानकारी दिएको हो ।
मन्त्रालयको कर्मचारी समायोजन महाशाखा प्रमुख केदार प्रसाद पनेरुले निजामति तर्फको समायोजनको काम सक्ने अन्तिम तयारीमा रहेको र निजामति तर्फको सकिएपछि स्वास्थ्य तर्फको शुरु गर्ने बताए ।
स्वास्थ्य तर्फको ८, ९ र १० औँ तहको विवरण संकलनको काम भइरहेको र स्वास्थ्य सेवा कै अन्य तहको काम पछि शुरु गर्ने बता मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा तर्फ २४ हजार कार्मचारी छन् भने कतिपय कर्मचारीले किताबखानामा विवरण अध्यावधिक नगराउँदा समायोजनको काममा केही ढिलाई भएको उनको भनाइ छ ।
शुक्रवार बिहान सञ्चारकर्मीसाग कुरा गर्दै पनेरुले समायोजनका क्रममा अहिलेसम्म एक हजार ९४ जना फाजिलमा रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया