विवेक ओझाको ‘ऐँठन’ ले पायो यसवर्षको मदन पुरस्कार

लोकपथ
42
Shares

काठमाडौं । यस वर्षको मदन पुरस्कार विवेक ओझाको ‘ऐँठन’ ले पाएको छ ।

मदन पुरस्कार गुठीको बैठकले छनोट भएकामध्ये ओझाको ‘ऐँठन’ लाई मदन पुरस्कार दिने घोषणा गरिएको हो ।

त्यस्तै जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिइएको छ । कलाकार मुखियालाई आवरण चित्रका लागि जगदम्बा श्री पुरस्कार दिइएको मदन पुरस्कार गुठीले जनाएको छ ।

हरेक वर्ष प्रकाशित कृती मध्येबाट उत्कृष्ट कृतिलाई मदन पुरस्कार दिइँदै आइएको छ । यस वर्ष प्रकाशित मध्ये उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर थिए ।

उक्त मदन पुरस्कार र जगदम्बा श्री दुवै पुरस्कारको राशी ४ लाख रहेको छ ।

यसअघि अघिल्लो वर्ष साहित्यकार डा. नवराज लम्सालको ‘धरा’ मदन पुरस्कार दिइएको थियो ।

२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट वि.स. २०१३ मा गद्य विधामा स्वर्गीय सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा, चित्तरञ्‍जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक पुस्तकलाई मदन पुरस्कार अर्पण गरिएको थियो। २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनास्वरूप जगदम्बा(श्री पुरस्कारको स्थापना गरिएको हो। यो सम्मान पहिलोपटक स्वर्गीय नारायण गोपाललाई अर्पण गरिएको थियो।

नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बा(श्री अर्पण गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?