काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले डा. सीके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन् । यो सँगै स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् ।
स्वतन्त्र मधेशको एजेन्डासहित पृथकतावादी गतिविधि र मधेशलाई छुट्टै राज्य घोषणा गर्नुपर्ने धारणा राखेका राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका हुन् ।
स्रोतका अनुसार सरकारसँग भित्रभित्रै वार्ता गरेका सीके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन् ।
शुक्रवार दिउँसो १ बजे राष्ट्रियसभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने र सीके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन् ।
सर्वोच्च अदालतले बिहीवार राउतलाई रिहा गर्न आदेश दिएको थियो ।
विशेष स्रोतका अनुसार राउतको स्वतन्त्र मधेश गठनबन्धनसमेत आजैबाट विघटन हुने भएको छ । तर, सीके राउत तत्काल नेकपामा प्रवेश गर्ने राउत निकट स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया