सुरक्षासम्बन्धी कुरा सरकारको मात्र विषय होइन : आइजीपी कुँवर

लोकपथ
65
Shares

काठमाडौं । नेपाल प्रहरीका प्रमुख आइजीपी बसन्त कुँवरले सुरक्षाको कुरा सरकारको मात्र विषय नभएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० मा उनले उपत्यकामा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापन नेपाल प्रहरी र सरोकारवाला पक्षहरुबीच सहकार्य गर्दै अगाडि बढेको बताए ।

‘सुरक्षा केवल सरकारको मात्र विषय होइन । हामी सबैको साझा सहकार्यको प्रतिफल पनि हो । त्यसैले नेपाल प्रहरीले हरेक पक्षमा आपसी समवन्य र सहकार्यमा अगाडि बढिरहेको छ । उपत्यकामा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापन नेपाल प्रहरी र सरोकारवाला पक्षहरुबीच सहकार्य भएको छ ।’

आउने दिनहरुमा ट्राफिक व्यवस्थापन र क्षति न्यूनीकरणमा भ्यान दिंदै सुरक्षालाई चुस्त दुरुस्त तरिकाले सुधार गर्ने लक्ष्य लिएको उनको भनाई छ ।

उनले जनतालाई सेवा दिने र ट्राफिक व्यवस्थापनका लागि सरकार र अन्य सम्बन्धित निकायहरुको धेरैभन्दा धेरै सहकार्य आवश्यक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?