प्रधानमन्त्रीले बोलाएको बैठक रास्वपाले गर्यो बहिस्कार

लोकपथ
77
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरुको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहिस्कार गरेको छ ।

पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेले बैठक बहिस्कार गरिएको जानकारी गराएका हुन् ।

चाडपर्व नजिकिँदै जाँदा आम उपभोक्तालाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराउँदै उक्त बैठक बहिस्कार गरिएको बताएका हुन् ।

सभापति लामिछानेले भनेका छन्, ‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दि प्रती हाम्रो गम्भीर आपत्ति छ । यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको बैठक हामीले बहिस्कार गरेका छौ। थप कार्यक्रम बारे जानकारी दिनेछौं ।’

सदन सञ्चालन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मान्यता प्राप्त ७ दलको बैठक आह्वान गरेका हुन् । बैठक केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?