काठमाडौं । सरकारले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्ने भएको छ ।
केही बेरमा गृह मन्त्रालयमा वार्ता सुरु हुने गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।
विभिन्न माग राख्दै शनिबार चौथो दिन पनि स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका थिए । चिकित्सकहरूले माइतीघरदेखि बानेश्वरसम्म र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।
शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया