एमाले कोशी प्रदेश अधिवेशन निर्वाचन प्रक्रिया शुरु

लोकपथ
0
Shares

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशन निर्वाचन प्रक्रिया शुरु भएको छ । अधिवेशनमा निर्वाचन कार्य तालिका प्रकाशन गर्दै  निर्वाचन प्रक्रिया शुरु भएको हो ।

अध्यक्षको साङ्गठनिक प्रतिवेदनका विषयमा ७ वटा समितिले सामूहिक छलफलपछिको प्रस्तुति पछि निर्वाचन प्रक्रिया शुरु भएको हो ।

निर्वाचनका लागि मतदाता नामावली प्रकाशन भई दाबी विरोधको समय सकिएको छ भने अहिले मनोनयन दर्ताका लागि फर्म वितरण शुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दिउँसो ४:३० बजे सम्म मनोनयन दर्ता गर्ने र ६:३० बजे सम्म उम्मेदवार उपर दाबी विरोध गर्ने समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?