वीरेन्द्रनगरमा एक बालक मृत भेटिएपछि विद्यालय परिसर तनावग्रस्त, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

लोकपथ
63
Shares

सुर्खेत । वीरेन्द्रनगरको एक निजी विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेपछि विद्यालय परिसर तनाबग्रस्त बनेको छ ।

वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएपछि विद्यालय परिसर तनाबग्रस्त बनेको हो ।

मृत भेटिएका बालक चामुण्डा बिन्द्रासैनी नगरपालिका(२ दैलेखका सलाम पुलामी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उषा बालवाटिकामै कक्षा २ मा अध्ययनरत उनी शुक्रबार राति होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

शुक्रबार राति झुण्डिएको अवस्थामा फेला परेका बालकको शव अहिलेसम्म उठाइएको छैन भने घटना शंकास्पद भएको भन्दै आफन्तहरू आन्दोलनमा उत्रीएका छन् ।

आफन्तले होस्टेल बाहिर तोडफोड गरेपछि उषा विद्यालयको परिसर तनावग्रस्त बनेको छ । विद्यालय परिसरमा प्रहरी तैनाथ गरिएको छ ।

आफन्तहरु घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रु ग्याँससमेत प्रहार गरेको छ ।

प्रहरीले सञ्चालक समितिलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी योगेन्द्रबहादुर थापाले जानकारी दिए ।

हाल शवको मुचुल्का उठाउने काम भइरहेको र घटना संवेदनशील भएकाले थप अनुसन्धान गरिरहेको एसपी थापाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?