काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।
शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बनेपाबाट पक्राउ गरिएको हो ।
आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले लोकपथलाई जानकारी दिए ।
एक हप्ता अघि अभिनेता केसीले अभिनय गर्न लागेको फिल्म ‘रावायण’ का निर्माता र निर्देशकको टोली समस्या लिएर कार्यालय पुगेका थिए । बुधबारबाट फिल्मको सुटिङ हुनुपर्नेमा अभिनेता केसीले विभिन्न बाहनामा पारेर सुटिङ प्रभावित पारेको आरोप रहेको छ ।
उक्त फिल्म निर्माणमा विवाद देखिएपछि अभिनेता केसीलाई उपत्यका अनुसन्धान कार्यालयले उनलाई छलफलका लागि समेत बोलाएको थियो । तर उनी छलफलका लागि नआएपछि उनलाई पक्राउ गरि ल्याउने क्रममा रहेको राठौरले बताए ।
‘निर्माण पक्षले बताए अनुसार केसीलाई फिल्मका लागि १० लाख समेत दिएको बताए । बुुधबारबाट फिल्म शुरु हुनुुपर्ने थियो । ६५ जना टेक्निसियनको समस्या लिएर किटानी जाहेरी दिइएको थियो ।’ उनले भने, ‘तर उहाँ छलफलमा आउन नमानेपछि आज पक्राउ गरी ल्याइरहेका छौँ ।’
उनलाई आज ढिला भएकाले आइतबार अदालतबाट म्याद लिएर थप अनुसन्धान हुने उनले बताए ।
उनी छोटै समयमा नेपाली सिने क्षेत्रमा चर्चित हुन सफल कलाकार हुन् । उनी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया