काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको नेतृत्वका लागि मतदान जारी रहेको छ ।
एमाले पार्टी कार्यालय च्यासलमा बिहान ११ बजेबाट निर्वाचन जारी रहेको छ ।
२४५ सिटमा १६२ जना निर्विरोध भएका छन् । त्यस्तै पदाधिकारीसहित ८३ र लेखा आयोगका ७ जनाको निर्वाचन जारी रहेको एमालेका नेता शेरबहादुर तामाङले जानकारी दिए ।
बागमती प्रदेशको आगामी नेतृत्वका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलकाबीच प्रतिष्पर्धा हुँदै छ ।
अध्यक्षका लागि निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दाहाल र ढुंगेलले उम्मेदवारी दिएका थिए । त्यस्तै रामेछापका केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी दिएका थिए ।
सानु श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुडाथोकीले बिहीबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया