ओलीले भने– ‘१७ दिनसम्म संसद स्थगित गरेर प्रधानमन्त्रीको विदेश भ्रमण असोभनीय’

लोकपथ
21
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको विदेश भ्रमणबारे टिप्पणी गरेका छन् ।

नेकपा एमाले कोशी प्रदेशको उद्घाटनका लागि विराटनगर पुगेका अध्यक्ष ओलीले १७ दिनसम्म संसद स्थगित गरेर विदेशभ्रमणमा निस्कनु सोभनीय नरहेको बताए ।

‘संसद १७ दिनसम्म स्थगित गरेर प्रधानमन्त्री घुम्न निसकनु भएको छ । दुई साताको प्रधानमन्त्रीको भ्रमण भनेको यो साधारण होइन, कार्यकारी सरकार प्रमुख त्यस्तो फुर्सदिलो हुने शोभनीय कुरै होइन’ पत्रकारहरुसँग कुरा गर्दै ओलीले भने ।

त्यस्तै सत्ता साझेदार दल नेपाली कांग्रेसमा देशप्रतिको चिन्ता नभएको समेत टिप्पणी गरे ।

‘कांग्रेसमा देशप्रतिको चिन्ता छैन । उ बेग्लै संसारमा छ’, ओलीले भने ।

त्यस्तै वर्तमान सरकारले देशलाई निकास दिन नसक्ने टिप्पणी गर्दै नयाँ सरकारका लागि अन्य दलहरुले छलफल गर्नुपर्नेमा समेत जोड दिए । साथै एमालेमा सत्ताको कुनै लोभ नभएको समेत दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?