१८ मङ्सिर २०८०, सोमवार

ओरालो लाग्दै सुनको मूल्य : चार दिनमा प्रतितोला ४ हजार ४ सयले घट्यो

२०८०,आश्विन,१२,शुक्रवार १३:१०

549
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबारदेखि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।

नेपाल सुन चाँदी व्यववसायी महासंघका अनुसार मंगलबारदेखि आज शुक्रबार सम्म सुन प्रतितोलामा ४ हजार ४ सय घटेको हो ।

गत मंगलबार छापावाला सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको सुन बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको थियो । त्यस्तै बिहीबार प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको सुनको शुक्रबार प्रतितोला आठ सय रुपैयाँ घटेको हो ।

योसँगै वितेको चार दिनमा सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँले घटेर आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी,आज चाँदीको मूल्य भने केही बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २०८०,आश्विन,१२,शुक्रवार १३:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भोलि मंगलबार अर्थात यही मंसिर १९ गते नेपाल राष्ट्र बैंकले पुन सात अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौं । हप्ताको दोस्रो दिन आज पनि सुनको भाउ ८ सय रुपैयाँ बढेर १ लाख २१ हजार नाघेको छ ।

काठमाडौं । प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले निजी कम्पनीको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको ८० प्रतिशत सेयर बिक्रीप्रति आशंका व्यक्त

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२

ताजा समाचार

हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१८,सोमवार १७:०७