काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिइएको छ ।
जसपाको केन्द्रीय अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा गएसँगै केन्द्रीय कार्यकारिणी समितिका सदस्य श्रेष्ठलाई कावा अध्यक्षको जिम्मेवारी दिइएको हो ।
अध्यक्ष यादव एन्टाको कार्यक्रममा सहभागि हुनका लागि बिहान अमेरिका लागेका हुन् । अध्यक्ष यादव नआएसम्मका लागि कावा अध्यक्षको जिम्मेवारी दिइएको हो ।
उपेन्द्र उक्त कार्यक्रममा सहभागि भएर असोज २३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।