१६ मङ्सिर २०८०, शनिवार

एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै

२०८०,आश्विन,१२,शुक्रवार १२:०७

63
Shares

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउने भएकी छन् ।

आइतबार नेपाल आउन लागेकी एमसीसीकी सीईओ अलब्राइटले पाँच दिन काठमाडौंमा विताउने कार्यक्रम रहेको बताइएको छ ।

नेपालमा एमसीसी परियोजना सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट कार्यान्वयनमा गएको छ ।

एमसीसीकी सीईओ एलिस परियोजना कार्यान्वयनमा गएको उपलक्ष्यमा नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

भ्रमणका क्रममा एमसीसीकी सीईओ एलिसले नेपाल सरकारका उच्च स्तरिय नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

एलिसले पाँच दिने नेपाल बसाइको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद,ऊर्जामन्त्री शक्ति बस्नेतलगायत अन्य सरकारी उच्च अधिकारी र शीर्ष राजनीतिक नेतासँग भेतवार्ता गर्ने बताइएको छ ।

एमसीसी परियोजना गत भदौ १३ बाट कार्यान्वयनमा गए पनि ठेक्का प्रक्रिया र जग्गा अधिग्रहणलगायत विषयमा समस्या देखिएको र उक्त समस्या समाधान नभएका कारण यसको कार्यान्वयन प्रक्रिया अन्योलमा परेको छ ।

प्रकाशित मिति: २०८०,आश्विन,१२,शुक्रवार १२:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उत्तर कोरियाको बढ्दो आणविक खतराको बीच दक्षिण कोरियाले जासुसी उपग्रह बोकेको रकेट प्रक्षेपण गरेको छ । कोरियाले शुक्रबार

काठमाडौं । प्यालेस्टाइनी समूह हमास र इजरायलबीच जारी युद्धमा अहिलेसम्म ६१ जना पत्रकार मारिएका छन् । गत अक्टोवर ७ बाट

मुम्बई । भारतको महाराष्ट्र सरकारले नेपालको क्रिकेट विकासमा सहयोग गर्ने प्रतिबद्दता जनाएको छ। महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री देवेन्द्र फडनवीसले बिहीबार नेपालका

नयाँ दिल्ली । मध्य प्रदेशको श्योपुर जिल्लाको आगराको दुर्गम गाउँमा एउटा विद्यालयले सहारिया जनजाति, विशेष गरी कमजोर जनजाति समूह र

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३