१६ मङ्सिर २०८०, शनिवार

दुई हजार ६ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा

२०८०,आश्विन,१२,शुक्रवार ११:३८

135
Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । साठी वर्षदेखि ७० बर्षसम्मका स्थानीय परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरेको जनाइएको छ ।

स्थानीय ३ हजार ७९ परिवारमध्ये दुई हजार छ सय ४८ घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा पाएका हुन् । यसमध्ये सरकारले आठ सय ६८ परिवार तथा गाउँपालिकाले एक हजार सात सय ८० परिवारको बीमा शुल्क ब्यहोरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए ।

स्वास्थ्य शाखाका अनुसार ५४ पूर्ण अपाङ्गता भएका नागरिकको पनि निःशुल्क बीमा गरिएको छ भने तीन परिवारको महिला स्वयंसेविकाको ५० प्रतिशत सरकारले बेहोर्ने गरी बीमा गरिएको छ । चार सय एक परिवारको भने बीमा शुल्क आफैँले तिरेर बिमा भएको छ ।

रोशीको जनसङ्ख्यामध्ये ३७ दशमलव ३१ प्रतिशत नागरिकको स्वास्थ्य बिमा भएको छ । हालसम्म रोशीको जनसङ्ख्या २३ हजार सात सय ९० रहेकोमा आठ हजार आठ सय ७८ जनाको स्वास्थ्य बिमा भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख गैगा श्रेष्ठले बताए ।

गत आर्थिक वर्षमा जेष्ठ नागरिकको स्वास्थ्यका लागि रु एक करोड अनुमानित बजेटमध्ये रु ६२ लाख ५४ हजार एक सय खर्च भएको लामाले बताए । “रोशीका नागरिकले पैसाको अभावमा स्वास्थ्योपचारबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले बिमा कार्यक्रममा सामेल गरिएको हो ।”

यसैबीच रोशी गाउँपालिकाले १७ औँ विश्व रेबिज दिवस–२०८० को अवसर पारेर बुधबारदेखि सप्ताहव्यापी रेबिजविरुद्धको निःशुल्क खोप अभियान सुरु गरेको छ । गाउँपालिकमा रेबिजको जोखिम बढेकाले सुरु गरिएको सप्ताहव्यापी खोप अभियानअन्तर्गत कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइनेछ । अभियानमा ६ सय कुकुर र ६ सय ‘डोज’ खोप बिरालोलाई लगाउने लक्ष्य लिइएको छ ।

 

 

प्रकाशित मिति: २०८०,आश्विन,१२,शुक्रवार ११:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसियसनका अध्यक्ष डा. हरिबहादुर दर्लामीले इन्जिजियरहरुलाई पारिश्रमिक दिने प्रक्रियामा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषद् नेपालका महासचिव पुष्पराज सुवेदीले राष्ट्रको हित र जनताको समृद्धिका लागि क्रियाशील रहन आफूहरुको संस्थाको उद्देश्य

रामेछाप । स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष निर्वाचित भएपछि निकै कम जनप्रतिनिधि यस्ता भेटिन्छन्, जो आफ्नो गाउँसमाजमा श्रमदान गर्न अघि

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरा चोकमा वीरगंजबाट

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३