जनकपुरधाम । नेपालकै प्रसिद्ध सप्तरीको छिन्नमस्ता मन्दिरमा महागंगा आरती शुरू हुने भएको छ ।
मन्दिरको मूलगेट अगाडि महाआरती शुरू हुने भएको हो । मन्दिरका पीठाधीश महाकान्त ठाकुरले शुक्रबार ९भोली० साँझदेखि यो महाआरती शुरू हुन लागेको जानकारी दिए । प्रत्येक दिन गर्नेगरी महाआरती शुरु गर्न लागिएको उनले जानकारी दिए ।
महाआरतीमा दैनिक ५ जना संलग्न हुनेछन् । उनीहरूलाई भारतको बनारस र कुशेश्वर स्थानबाट आरती सम्बन्धी विशेष तालिम दिएको उनले बताए ।
ठाकुरले देशको अन्य ठाउँभन्दा विशेष तरिकाले महागंगा आरती शुरू गरिने बताउँदै सहभागी हुन सबैसँग अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया