काठमाडौं । जनमत पार्टीले, यो सरकारको स्थायित्व कै लागि सरकारमा गएको दाबी गरेको छ ।
बिहीबार पत्रकारहरुसंगको छलफलमा सो पार्टीका प्रवक्ता डाक्टर शरद सिंह यादवले, कसैको पनि बहुमत नभएको अवस्थामा सरकारको स्थायित्वकै लागि यो सरकारलाई सर्मथन गरेको र मन्त्रिपरिषद्मा सहभागि भएको दाबी गरेका हुन् ।
पत्रकारसंग उनले भने ‘यो सरकारलाई स्थायित्व प्रदान गर्न हामी चै सरकार भित्र छौं । सरकारलाई सर्मथन गरिरहेका छौं ।’
कोशी प्रदेशको जस्तो हालत केन्द्र सरकारको पनि नहोस भन्ने धारणाका साथ आफूहरुले सरकारलाई सर्मथन गरेको उनको जिकिर छ ।
त्यस्तै उनले २०८४ मा मधेस प्रदेशमा दुई तिहाईको बहुमतको सरकार बनाउने लक्ष्य निधारण गरेको बताए ।
आफूूहरुले २०८४मा मधेस प्रदेशमा दुई तिहाई सिट जित्दै बहुमतको सरकार निर्माणको लक्ष्य निर्धारण गरेको उनको भनाई छ ।
तपाईहरुको अध्यक्ष चै सरकारमा नजाने भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘हैन त्यो, परिस्थितिले के माग गर्छ भन्ने हो । अहिले पार्टी बन्दै गरेको अवस्थामा हामीले एउटा मिसन ८४ भनेर सुरुवात गरेको अवस्था छ । मिसन ८४ मा के भनेपछि अब आउने दिनमा संगठनको काम गरेर ८४ लाई फोकस गर्ने हो । ८४ मा हाम्रो मिसन भनौ मधेश प्रदेशमा दुई तिहाईको बहुमतको सरकार आफ्नै लुम्बिनी प्रदेशमा आफ्नो सरकार, कोशी प्रदेशमा डिसिजन मेकिङ ठाउँमा जनमतलाई पु¥याउने र संघमा पनि हामी एउटा उल्लेख्य संख्याको सांसद लिएर आएर सरकारमा ठुलो सहभागिता लिएर काम गर्ने भन्ने हाम्रो तयारी हो । त्यसकै लागि अध्यक्ष अहिले नै सरकारमा गएर मन्त्री बन्न चै इच्छुक हुनु हुन्न । ’
त्यस्तै उनले जनमत पार्टीले आम नागरिकसंग गरेका बाचा पुरा गर्ने बाटोमा रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया