नेशनल कार्डियाक सेन्टरद्वारा पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण

लोकपथ
154
Shares

काठमाडौं । बसुन्धरास्थित नेशनल कार्डियाक सेन्टरले स्वास्थ्य पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

सेन्टरले स्वास्थ्यका क्षेत्रमा कलम चलाउने पत्रकारहरुको स्वास्थ्यमाथि ध्यान दिँदै बिहीबार नि:शुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

सेन्टरले ३५ जना पत्रकारको निशुुल्क स्वास्थ्य परीक्षण गरेको जनाएको छ । सेन्टरका सञ्चालक समेत रहेका मुटुरोग विशेषज्ञ डा. ओममुर्ती अनिलले डाक्टरले बिरामी जाँच्ने र पत्रकारले स्वास्थ्य सचेतनता फैलाउने हुँदा पत्रकारहरु पनि स्वस्थ हुनुुपर्छ भन्ने उद्देश्य रहेको बताए । ‘स्वास्थ्य पत्रकार र चिकित्सकको उद्देश्य लगभग उस्तै हुन्छ,’ उनले भने,‘समाजमा सूचना प्रवाह गर्ने पत्रकारहरु पनि स्वस्थ हुनुपर्छ भन्ने ठानेर नै पत्रकारहरुको स्वास्थ्य जाँच गरिएको हो ।’

स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको समन्वयमा सेन्टरले विगत केही वर्ष यता पत्रकारहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ ।

स्वास्थ्य परीक्षणसँगै डा. अनिलले मुटुरोगका कारक तत्व र बच्ने उपायका बारेमा पत्रकारहरुलाई अभिमुुखीकरण समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?