कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैतमा बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गते बस्ने भएको छ । 

बिहीवार पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै आगामी चैत ४ गते सोमवार बिहान ११ बजे कांग्रेस केन्द्रीय कार्यसमितको बैठक बस्ने जानकारी दिएका हुन् । 

बैठक पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्ने भएको छ । 

सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि निर्देशन दिइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?