डाक्टरहरुको आन्दोलन आज पनि जारी (फोटो फिचर)

लोकपथ
35
Shares

काठमाडौं । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै डाक्टरहरू आज पनि आन्दोलित भएका छन् ।

सरकारले गरेको दुई बुँदे निर्णयप्रति असहमति जनाउँदै डाक्टरहरू आज पनि सडकमा उत्रिएका हुन् । उनीहरूले माइतीघरको सडकमा उत्रिएर आज पनि विरोध जनाएका छन् ।

मंगलबार गृहमन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, चिकित्सकका प्रतिनिधिसमेतको छलफलले २ बुँदे निर्णय गरेको थियो ।

सहकर्मीमाथि कुटपिट गर्नेमाथि कारबाही नभएसम्म र आफूहरुले निर्धक्कसाथ बिरामीको उपचार गर्न पाउने अवस्था नबनेसम्म आन्दोलन नरोक्ने डाक्टरहरूले अडान राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?