आगामी असार मसान्तसम्म दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाईने

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण निष्काशनको संशोधित तालिका सार्वजनिक गरेको छ ।

चालु आर्थिक बर्ष २०८०÷०८१ मा दुई खर्ब ४० अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको राष्ट्र बैंकले बुधबार संसोधित ऋण निष्काशन तालिका सार्वजनिक गरेको हो ।

संशोधित तालिका अनुसार राष्ट्र बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा कुल आन्तरिक ऋणको ३३ दशमलव ३० प्रतिशत अर्थात ८० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने छ ।

संशोधन अघि भने राष्ट्र बैंकले चालु आवको पहिलो त्रैमासमा कुल आन्तरिक ऋणको २२ दशमलव नौं प्रतिशत अर्थात ५५ अर्ब रुपैंयाँ उठाउने लक्ष्य लिएको थियो ।

संसोधित तालिका अनुसार राष्ट्र बैंकले चालु आवको दोस्रो त्रैमासमा कुल आन्तरिक ऋणको १२ दशमलव पाँच प्रतिशत अर्थात ३० अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाउने छ । संसोधन अघि चालु आवको दोस्रो त्रैमासमा २२ दशमलव नौं प्रतिशत अर्थात ५५ अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाउने तयारी राष्ट्र बैंकको रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको तेस्रो र चौंथौ त्रैमासमा भने संसोधन अघि कै आन्तरिक ऋण निष्काशन तालिका अनुसार ऋणपत्र निष्काशन हुने छ ।

जसअन्र्तगत तेस्रो त्रैमासमा २२ दशमलव एक प्रतिशत अर्थात ५३ अर्ब र चौंथो त्रैमासमा ३२ दशमलव एक प्रतिशत अर्थात ७७ अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाउने तयारी राष्ट्र बैंैकको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?