मध्यराति अंशु ट्रेडर्समा आगलागी, करोडौँको क्षती भएको अनुमान

लोकपथ
21
Shares

रणधिर साह । रौतहट । जिल्लाको गरूडा नगरपालिका–४ स्थित मुख्य बजार क्षेत्रमा मध्य राती अंशु ट्रेडर्स पसलमा आगलागी भएको छ ।

राति करिब १ बजेको समयमा आगलागी हुँदा अंशु ट्रेडसको करोडौँको क्षती भएको छ ।

उक्त आगलागीबाट कम्तीमा तीन करोडको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।

राती १ बजेभन्दा अगावै विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गर्दै इलाका प्रहरी कार्यालय गरूडाले आगो फैलिएपछि घटना थाहा भएको र तत्कालै जनकारी पाएसँगै आगो नियन्त्रण गर्न बारा जिल्लाको निजगढ लगाएत चारवटा बारुणयन्त्रले राति २ बजे आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।

प्रहरी उपनिरीक्षक ओमप्रकाश खनालको भनाइ अनुसार आगो नियन्त्रणका लागि प्रहरीले, स्थानीयवासी, व्यापारी व्यवसायीलगायतको सक्रिय सहभागिता रहेको थियो ।

आगलागीबाट फर्निचर, सोफा, दराज ,बासिङ मेसिन, मुभिंग कुर्सी, टि टेबुल लगायतका सामाग्री नोक्सानी भएको बताइएको छ ।

नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको र अझै क्षतिको एकीन विवरण लिने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?