फोरमका उपमहासचिव बने देउवाको मान्छे 

काठमाडौँ, ९ कात्तिक – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकोे पूर्वसन्ध्यामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपालका सयौँ नेता कार्यकर्ता आज नेपाली काँग्रेसमा प्रवेश गेका छन् फोरमका उपमहासचिव एवं निर्वतमान सांसद अभिषेकप्रताप शाह काँग्रेस प्रवेश गर्नुभएको काँग्रेसले जनाएको छ । उहाँलाई काँग्रेस सभापति शेरबहादुर देउवाले एक कार्यक्रमका बीच पार्टीमा स्वागत गर्नुभएको थियो आजै रामेछापका एमाले र माओवादी केन्द्रका दुई सय कार्यकर्ता पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले उहाँहरुलाई टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको प्रधानमन्त्रीका सञ्चारविज्ञ गोविन्द परियारले जानकारी दिनुभयो यसैबीच आगामी निर्वाचनमा चुनावी तालमेलका लागि लोकतान्त्रिक गठबन्धनको कार्यदलले उम्मेदवार चयनका सम्बन्धमा छलफल गरेको छ । कार्यदलको आज बसेको बैठकले सहमतिमै उम्मेदवार टुंग्याउने सहमति भएको र शीघ्र उम्मेदवारको टुङ्गो लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?