काठमाडौं । ‘चिकित्सकहरुमाथि कुटपटि गरेर आएँ’ भन्दै भिडलाई उत्तेजित पार्ने अभिव्यक्ति दिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ कारबाहीमा परेका छन् ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा एक महिला बिरामीको मृत्यु भएपछि पीडितका आफन्त सामु श्रेष्ठले आफूले डाक्टर कुटेर आएको अभिव्यक्ति दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत उनको विषयमा छानबिनका लागि समिति गठन गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शारदा प्रसाद चौधरीले लोकपथलाई जानकारी दिए ।
‘उहाँको अभिव्यक्तिको विषयमा हामीले छानबिनका लागि समिति बनाएका छौँ । छानबिन समितिको निष्कर्षपछि उनलाई के कारबाही हुने भन्ने हुन्छ ।’ उनले लोकपथसँग भने ।
त्यसैगरी उक्त प्रकरणमा सुरक्षाको जिम्मेवारी लिएका वडा प्रहरी कार्यालय वैदामका प्रमुख डिएसपी वेद जोशीलाई समेत जिल्ला प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया