जन्मदिनको अवसरमा बालआश्रम र वृद्धाश्रमलाई सहयोग

लोकपथ
1.1k
Shares

काठमाडौं । तरुण दलका नेता चन्द्र लामिछाने (अनिश) ले जन्मदिनको अवसरमा बालआश्रम र वृद्धाआश्रममा सहयोग गरेका छन् ।

नेपाल तरुण दल नुवाकोट–काठमाडौं सम्पर्क समितिका सचिव समेत रहेका लामिछानेले दुई सामाजिक संस्थामा खाद्यन्न लगायत अन्य सामग्रीहरु हस्तान्तरण गरेका हन् ।

टोखाको चण्डेश्वरीमा रहेको दिक्षा चापागाईद्वारा सञ्चालित पवित्र समाज सेवा र दुर्गा विकद्धारा सन्चालित जनसेवक वालिहित संरक्षण केन्द्व नेपालमा आवश्यक खाद्यन्न, माक्स, साबुन तथा कापी कलम हस्तान्तरण गरेका हुन् ।

No description available.

सो क्रममा लामिछानेसहित नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य जगदिश्वरनरसिंह केसी, टोखा नगरपालिका वडा नं–२ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठ, तरुणदलका केन्द्रीय सदस्य निरन्जन थापा, नेविसंघका केन्द्रीय सदस्य बिजय ढुङ्गाना लगायत अन्यको समेत उपस्थिती रहेको थियो ।

No description available.

आफू जन्मिएको शुभ दिनमा साथीभाईमाझ गरिने अन्य खर्चबाट कटाएर केही रकमबाट सामाजिक सेवा गर्न पाउँदा खुसी लागेको लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?