९ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

लोकपथ
203
Shares

काठमाडाैं । दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विकले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार रहेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ
गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?