आज विश्व पर्यटन दिवस : नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

लोकपथ
28
Shares

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात्  ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

पर्यटन मन्त्रालयलका अनुसार ‘पर्यटन र हरित लगानी’ भन्ने मूल नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको छ ।

पर्यटनमा वातावरणमैत्री संरचनाको निर्माण र प्राकृतिक श्रोत साधन उन्मुख पर्यटनलाई आधार मानेर हरित लगानीका कुराहरु यसवर्ष ब्यापक छलफल गरिने छ ।

सहज पर्यटन संसारका सबै जनाको पहुँचमा हुनुपर्दछ जसले गर्दा हामी बाचेको यस ग्रह पृथ्वीको सौन्दर्य र विविधता अवलोकन गर्न सकुन, अन्तर्राष्ट्रिय पर्यटन दिवसको दिन पर्यटनका महत्त्व र सहज पहुँच अनि पर्यटनको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक फाइदाका वारेमा व्यापक रूपमा जानकारी र छलफल गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?