काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि (बिहीवार)बाट एक साता लामो देश दौडाहामा निस्कने भएका छन् ।
पहिलो दिन काठमाडौंबाट बुद्ध एयरको विमानबाट विराटनगर पुग्ने र विरेन्द्र सभा गृहमा सृष्टि पत्रिकाको वार्षिकोत्सको उद्घाटन गर्ने कार्यतालिका रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यसपछि मोरङ्ग जिल्लाबाट कांग्रेसको तर्फबाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच छलफल कार्यक्रममा देउवा सहभागी हुने छन् ।
त्यसपछि राजधानी फर्केर देउवा शुक्रवार पोखरा पुग्नेछन् । पोखराबाट शनिवार म्याग्दीको तातोपानी जाने कार्यक्रम तय भएको छ ।
यसैगरी आइतवार बाग्लुङ पुग्ने र सोमवार पर्वतमा पुग्ने कार्यक्रम तय भएका छ ।
देउवा मंगलवार काठमाडौं फर्कने कार्यक्रम तय भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया