कैलाली । टिकापुर घटनाको मुद्दामा जिल्ला अदालत कैलालीले गरेको फैसलापछि १२ जना बुधवार रिहा हुँदैछन् ।
बुधवार अदालले गरेको फैसला अनुसार लक्ष्मण थारु, लाहुराम चौधरी, राजकुमार कठरिया, सन्तराम चौधरी, जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किसनलाल चौधरी, दिलबहादुर चौधरी, संतोष थारु चौधरी, विश्राम चौधरी र रामप्रसाद चौधरीसहित १२ जनालाई ३ वर्ष कैदको फैसला सुनाएको भएपनि उनीहरु बुधवार रिहा हुन लागेका हुन् ।
फैसलामा तोकिएको ३ वर्ष अवधिको कैद जरिवाना यसअघि नै पुगिसकेकाले कारागारको कागजी प्रकृयापछि बुधवार उनीहरु रिहा हुन लागेका हुन् । ६ महिना कैद तोकिएका करन चौधरीपनि रिहा हुँदैछन् । ३ वर्ष चुन्नीराम चौधरी भने यही फागुन ३० गते छुट्ने छन् ।
२०७२ भदौ ७ गते टिकापुरमा भएको घटनामा एक नाबालकसहित ९ जनाको ज्यान गएको थियो ।
वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकहरु बलराम विष्ट र केशव बोहोरा, प्रहरी हवल्दारहरु श्यामबहादुर खड्का, जनक नेगी तथा प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका हवल्दार ललित साउद र राम बिहारी थारूको ज्यान गएको थियो । यसैगरी क्रममा टीकापुर नगरपालिका ९ स्थित घरमै खेलिरहेको अवस्थामा सशस्त्र प्रहरीका हवल्दार नेत्रबहादुर साउदका २ वर्षीय छोरा टेकेन्द्र साउदको गोली प्रहार गरी हत्या गरिएको थियो ।
थरूहट, थारुवान पक्षधर आन्दोलनकारीहरुले उनीहरुलाई नियन्त्रणमा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा मुद्दा चलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया