काठमाडौं । अर्घाखाँचीमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-२ चुत्राबेशी बस्ने २१ वर्षीय राम बहादुर पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पुनले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया