संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी संगठनका केही पदाधिकारीद्वारा छैठौँ अधिवेशन अस्वीकार

लोकपथ
28
Shares

काठमाडौं । संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी संगठन नेपालका पदाधिकारीहरुले संस्थाको छैठौं महाविधेशन अवैधानिक रहेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आज भइरहेको महाधिवेशन अवैधानिक रहेको भन्दै त्यसलाई नमान्ने घोषणा गरेका हुन् ।

संगठनका महासचिव तिलबहादुर उप्रेती केसीले आफूहरुलाई जानकारीनै नदिई महाधिवेशन गराएको बताए ।

अध्यक्ष पूर्व कर्नेल धनबहादुर थापाले संस्थाको बैठक नै नराखेको, बैठकको पुस्तिका कार्यालयमा नराखी गायब बनाएको, संस्थाका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र पदाधिकारीलाईसमेत जानकारी नदिई महाधिवेशन सञ्चालन गरेको उनको आरोप छ ।

आफूहरुले अधिवेशन स्थगित गरी बैठक बसौं भन्दा धम्कीपूर्ण शब्द प्रयोग गरेको उनको आरोप छ ।

संगठनको विधानले संस्थालाई राजनीतिक मुक्त र विशुद्ध सेवा भावले प्रेरित हुन पर्ने व्यवस्था गरेपनि अध्यक्ष स्वयमले जय जन्मभूमि पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गराई राजनीतिमा गरेको उनीहरुको आरोप छ ।

उनीहरुले अध्यक्ष थापामाथि आफूखुसीले पदाधिकारी वा सदस्यको राजीनामा स्वीकृत वा बर्खास्त गर्ने गरेको समेत आरोपसमेत लगाएका छन् ।

अल नेपाल भारतीय पूर्वसैनिक कल्याणकारी संघ केन्द्रीयका अध्यक्ष भेषशंकर पुरीले संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी संगठन नेपालका अध्यक्ष धनबहादुर थापाले विधि र विधान नमानेर मनोमानी ढंगले काम गरेको अरोप लगाए ।

आफ्नो संस्था संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी संगठन नेपालबाट अलग भएको पनि उनले बताए । उनले संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी संगठन नेपालबाट आफ्नो संस्था अलग भएको जानकारीका लागि पत्रसमेत हिजो नै पठाइएको उनले बताए ।

नेपाली सेनाका पूर्व जनरल डा. प्रेमसिंह बस्न्यातले आफू यो संस्थामा आवद्ध नभएको स्पष्ट पारे । यो संगठन क देखि ज्ञ सम्म भारतीय दुतावासको आदेशमा चल्ने गरेको उनको आरोप छ ।

कर्नेल थापाले नेतृत्व गरेको संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी संगठन नेपालका गतिविधि र कार्यक्र नेपाल विरोधी रहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?